ज्योति विकास बैंकले ६.८ प्रतिशत लाभांश बाँड्ने

हिमाल प्रेस १४ फागुन २०७९ १७:०५
12
SHARES
ज्योति विकास बैंकले ६.८ प्रतिशत लाभांश बाँड्ने

काठमाडौँ– ज्योति विकास बैंकले ६.८ प्रतिशत लाभांश बाँड्ने भएको छ। आइतबार सम्पन्न १५औँ वार्षिक साधारणसभाले चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र ३.८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

३ प्रतिशत बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी ४ अर्ब ३९ करोड ५७ लाख पुग्नेछ।

साधारणसभाले आर्थिक वर्ष ०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाहलगायतका विवरण स्वीकृत गरेको छ।

त्यसका साथै सभाले बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ।

प्रकाशित: १४ फागुन २०७९ १७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =