हात्ती आतंक रोक्न सरकारले बजेट छुट्याउनुपर्छ : विश्वप्रकाश शर्मा

हिमाल प्रेस १५ वैशाख २०८० १४:४९
6
SHARES
हात्ती आतंक रोक्न सरकारले बजेट छुट्याउनुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापामा हात्ती आतंक नियन्त्रणका लागि बजेटको व्यवस्था गर्न माग गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले झापालाई हात्ती आतंकबाट मुक्त गराउने गरी बजेट छुट्याउन माग गरेका हुन्। साथै उनले पीडित परिवारलाई तत्काल राहतको व्यवस्था गर्न पनि सरकारसँग माग गरे।

‘हामीकहाँ हात्तीको समस्या दुई खालको छ– एउटा खुला सीमाका कारण पश्चिम बंगालबाट हुलकाहुल भित्र्ने हात्तीहरू र दोस्रो स्थानीय जंगलमा रहेका रैथाने हात्तीहरू,’ उनले भने, ‘मेची नदीको तटबन्धमा विशेष प्राथमिकताका साथ बजेट छुट्याउन सिँचाइ मन्त्रालयलाई, मौरीका लागि बजेट छुट्याउन कृषि मन्त्रालयलाई अनि राहतको रकम अनिवार्य दिने व्यवस्था मिलाउन वन मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु।’

यस्तै उनले मेची नदीको तटबन्ध निर्माण गर्न पनि विशेष व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए। ‘त्यहाँका मानिसहरूको भनाइ छ कि बाहुनडाँगीलाई दुख्दै गर्दाखेरी काठमाडौँलाई किन दुखिरहेको छैन? जति ध्यान राज्यको पुग्नुपथ्र्यो, त्यो किन पुगिरहेको छैन।’

प्रकाशित: १५ वैशाख २०८० १४:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − two =