न्युट्रिप्लसद्वारा ‘सेफ सत्र’ सम्पन्न

हिमाल प्रेस १३ वैशाख २०८० १९:४०
4
SHARES
न्युट्रिप्लसद्वारा ‘सेफ सत्र’ सम्पन्न

काठमाडौँ- आरएमसी फुड्सको आयोजनामा ‘सेफ सत्र’ सम्पन्न गरिएको छ। नेपालका प्रमुख होटलका सेफहरूलाई भेला गरी सञ्जाल बनाउन र सेफ समुदायमा न्युट्रीप्लसलाई परिचित गराउने उद्देश्यले सेफ सत्र आयोजना गरिएको हो।

आरएमसीका अनुसार सेफ सत्रको यो पहिलो संस्करण हो। सेफ समुदायलाई एकताबद्ध गर्न र उत्कृष्ट खाना बनाउने तेलको महत्त्वबारे छलफल गर्न आयोजित सत्र सफल भएको आरएमसीले जनाएको छ।

‘कार्यकारी सेफ’को उपाधि जितेका तथा नेपालको पहिलो सेफ गोविन्द नरसिंह केसी सत्रका प्रमुख वक्ता थिए। उक्त ‘नेटवर्किङ सेसन’मा उनीसँगै चर्चित सेफ रत्नबहादुर थापा, सेफ लक्ष्मणप्रसाद भट्टराई, सेफ एसोसिएसनका अध्यक्ष श्याम लामा लगायतको उपस्थिति थियो।

कार्यक्रममा मास्टर सेफ प्रोफेसनल विजेता तथा न्युट्रिप्लसका ब्रान्ड एम्ब्यासडर सन्तोष शाहले ब्राण्डको हिस्सा बन्नुको कारण र आफूले खाना बनाउने क्रममा न्युट्रिप्लसले थपेको फाइदाबारे चर्चा गरे।

आरएमसी फुड्सका कार्यकारी निर्देशक यश अग्रवालले नेपालका प्रमुख सेफहरूलाई  न्युट्रिप्लसको परिचय दिन पाउँदा खुसी लागेको बताए।

प्रकाशित: १३ वैशाख २०८० १९:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =