यू-१६ राष्ट्रिय क्रिकेट : गण्डकी र मधेश प्रदेशको जित

हिमाल प्रेस १२ वैशाख २०८० २०:३४
2
SHARE
यू-१६ राष्ट्रिय क्रिकेट : गण्डकी र मधेश प्रदेशको जित

कैलाली- कैलालीको धनगढीमा जारी एनआईएमबी सुदूरपश्चिम मुख्यमन्त्री कप यु–१६ क्रिकेट प्रतियोगितामा मंगलबार मधेश प्रदेश र गण्डकी प्रदेशले जित दर्ता गरेका छन्।

योसँगै मधेश प्रदेशले लगातार दोस्रो जित दर्ता गरेको हो भने गण्डकीले पहिलो जित दर्ता गरेको हो। फाप्ला मैदानमा मंगलबारका खेलमा मधेशले कर्णालीलाई ४९ रन र दोस्रो खेलमा गण्डकीले कोशी प्रदेशलाई १२ रनले हराएको हो।

पहिलो खेलमा मधेशले पहिले ब्याटिङ गर्दै सबै विकेट गुमाएर १२५ रन बनाएको थियो। जवाफमा कर्णाली प्रदेशले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा ७६ रन मात्रै बनाएपछ मधेश प्रदेशले खेल जितेको हो।

त्यस्तै दोस्रो खेलमा गण्डकीले पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा सबै विकेट गुमाएर १६२ रन बनाएको थियो। जवाफमा ब्याटिङ गरेको कोशीले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १५० रन मात्रै बनाएको हो।

प्रतियोगिताअन्तर्गत बुधबार दुई खेल हुनेछन्। पहिलो खेलमा सुदुरपश्चिम प्रदेश र लुम्बीनी प्रदेश तथा दोस्रो खेलमा कोशी प्रदेश र बागमती प्रदेश खेल्नेछन्।

प्रकाशित: १२ वैशाख २०८० २०:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 1 =