फिल्म निर्माता नमिताले ल्याइन ‘चाइने जो रेलिमाइ’

हिमाल प्रेस ९ वैशाख २०८० १८:१२
6
SHARES
फिल्म निर्माता नमिताले ल्याइन ‘चाइने जो रेलिमाइ’

काठमाडौँ- फिल्म निर्माता नमिता शर्माले ‘चाइने जो रेलिमै’ बोलको नयाँ गीत बजारमा ल्याएकी छिन्। लोक पप शैलीको ‘डान्सिङ’ गीतका रुपमा बजारमा ल्याइएको गीतमा शब्द र संगीत पछिल्लो समय चर्चामा रहेका गीतकार तथा संगीतकार भीम बिसीको छ।

कर्णप्रियतासँगै उमंग जगाउने शैलीको गीतमा दिपेश श्रेष्ठ र अस्मिता अधिकारीको स्वर रहेको छ। राइराम पिक्चर युटुबमार्फच रिलिज गरिएको गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन्। गीतमा चर्चित रियालिटी शो कि प्रस्तोता रिमा विश्वकर्माले विजु पार्कीसँग अनस्क्रिन रोमान्स गरेकी छन्।

औंसीको रातमा टहटह टल्किने मै हुँ जुन
मै भएपछि केलाई चाइयो तिमीलाई चाँदी सुन
चाइने जो रेलिमइ नजरैले हान

हेर्दा आकर्षक र सुन्दा फिल्मी शैलीको लाग्ने यो गीतको कोरियोग्राफी टिकटकमा डान्समार्फत चर्चित सञ्जय विश्वकर्माले गरेका हुन्। उनलाई म्युजिक भिडियोमा कोरियोग्राफी गर्ने अवसर म्युजिक भिडियोका निर्देशक बिजी आग्रीले जुराएका हुन्।

सुन्दर परिवेशमा तयार पारिएको भिडियोको छायांकन ज्ञानेन्द्र शर्माले गरेका हुन्। भिडियोको सम्पादन तथा रंग संयोजन सम्पादक टेकेन शाहले गरेका हुन्। प्रवासमा बसेर पनि नेपाली कला, संस्कृति र पहिचानलाई माया गर्ने गायक दिपेश श्रेष्ठले यसअघि पनि ‘उडी उडी’ बोलको गीतमा स्वर भरेका छन्।

तिमी भएसी मलाई पनि चाइँदैन चाँदी सुन
अब तिमीले छान्नुपरे कुन चाइँ राम्रो भन
चाइने जो रेलिमइ नजरैले हान

युगल स्वरमा ल्याइएको गीतको भिडियो आम दर्शकमाझ ल्याउने भूमिका निर्वाह फिल्म निर्माता नमिता शर्माले गरेकी छिन्। मेकअफ आर्टिस्ट मात्रै नभएर कुनै समय फिल्म निर्मातासमेत रहेकी शर्माले ‘चाइने जो रेलिमाइ’लाई दर्शक स्रोतामाझ कुसलतापूवर्क पस्कन महत्त्वपूर्ण भूमिका निभाएकी छिन्। आफू र दिपेश श्रेष्ठ मिलेर निकट भविश्यमै पुनः चलचित्र निर्माण गर्ने योजना रहेको उनले बताइन्।

प्रकाशित: ९ वैशाख २०८० १८:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =