जंगली हात्तीको आक्रमणबाट झापामा एकको मृत्यु

हिमाल प्रेस ९ वैशाख २०८० ११:१७
8
SHARES
जंगली हात्तीको आक्रमणबाट झापामा एकको मृत्यु सांकेतिक तस्बिर।

झापा- झापाको  बुद्धशान्ति ५ शान्तिनगरमा जंगली हात्तीको आक्रमणबाट १ जनाको ज्यान गएको छ।

स्थानीय ७० बर्षीय भीमबहादुर भट्टराईको ज्यान गएको प्रहरीले जनाएको छ। शुक्रबार साँझ मकैबारीमा हात्ती धपाएर भट्टराई घरमा सुतेका थिए।

शुक्रबार बिहान ४ बजे पुनः हात्ती धपाउन निस्किएका भट्टराई मकैबारीमा मृत अवस्थामा फेला परेका वडाध्यक्ष डेगेन्द्र कार्कीले बताएका छन् ।

मकैबारी माडिएको र छाती र खुट्टामा चोट लागेको अवस्थामा उनको शव फेला परेको यियो। मृत शरिरको पोष्टमार्टमका लागी मेची अञ्चल अस्पताल भद्रपुर लगिएको छ।

पछिल्लो २ वर्षमा झापाको सोही वडामा हात्ती आक्रमण र धपाउन जाने क्रममा ३ जनाले ज्यान गुमाएका छन्।

प्रकाशित: ९ वैशाख २०८० ११:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 6 =