नेपाल–जापान चौथो ‘पोलिटिकल डायलग’ सम्पन्न

हिमाल प्रेस ६ वैशाख २०८० १७:१५
6
SHARES
नेपाल–जापान चौथो ‘पोलिटिकल डायलग’ सम्पन्न

काठमाडौँ– नेपाल–जापानबीचको चौथो पोलिटिकल डायलग टोकियोमा सम्पन्न भएको छ।

जापानको दक्षिणपूर्वी तथा दक्षिणपश्चिम एसिया मामिलाका महाप्रबन्धक यरिमा यताका र नेपालको परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापाले पोलिटिकल डायलगको नेतृत्व गरेका थिए। थापा नेपालको उत्तरपूर्वी एसिया मामिला विभाग प्रमुख हुन्।

बैठकमा दुई देशबीचको १२० वर्ष पुरानो सम्बन्धलाई थप प्रगाढ बनाउने र राजनीतिक तथा आर्थिक सम्बन्धलाई बलियो बनाउने विषयमा छलफल भएको थियो। बैठकपछि थापाले जापानका विदेश राज्यमन्त्री टाकी सुनसुकीसँग छुट्टै छलफलसमेत गरेका थिए।

प्रकाशित: ६ वैशाख २०८० १७:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 4 =