कैलालीका किसानलाई गहुँ बाली भित्र्याउन भ्याइ नभ्याइ

हिमाल प्रेस २ वैशाख २०८० १७:३४
14
SHARES
कैलालीका किसानलाई गहुँ बाली भित्र्याउन भ्याइ नभ्याइ

धनगढी– कैलालीका किसानलाई यतिबेला खेतमा पाकेको गहुँ बाली भित्र्याउन भ्याइनभ्याई भएको छ। हिउँदको समयमा लगाएको गहुँ बाली पाकिसकेपछि उनीहरूलाई गहुँ बाली भित्र्याउन भ्याइनभ्याई भएको हो। खेतमा लगाएको गहुँ बाली, मसुरो पाकेर तयारी अवस्थामा भएपछि कृषक यस समयमा निकै व्यस्त छन्।

धनगढी उपमहानगरपालिका-२ भन्सार कटानगाउँकी कृषक सताल्ली रावलले खेतमा गहुँ बाली पाकेर बिग्रिने अवस्थामा पुगेकाले बिग्रिने भन्दै चिन्ता व्यक्त गर्नुभयो। ‘हिजोआज घरको सबै काम छाडेर खेतमै बढी समय बित्ने गरेको छ, झिसमिसे अँध्यारो समयसम्म खेतमै हुन्छौँ र बिहान पनि सबेरै खेतमा जान्छौं,’ उनले भने।

केही दिनदेखि गर्मी बढ्दै गएको र वर्षा हुनसक्ने भन्दै गहुँ बाली भित्र्याउनका लागि यस क्षेत्रका किसानको अधिकांश समय खेतबारीमै बित्ने गरेको छ। किसानका परिवारका सबै सदस्य प्रायःजसो खेतबारीमै भेटिने गर्दछन्।

त्यस्तै खेतमा गहुँ काट्दै गरेका धनगढी-३ बैयाबेहडीका किसान माइला चौधरीले रातिको १२ बजेसम्म पनि गहुँ भित्र्याउनका लागि थे्रसर मेसिनको पालो कुर्नुपरेको कुरा सुनाउनुभयो। गहँु थ्रेसर गर्नका लागि पालो पर्खँदासमेत थ्रेसर नपाएरै फर्कनुपरेको चौधरीले बताए।

परम्परागत तरिकाले गहुँ भित्र्याउने गरेका किसानसमेत यतिबेला आधुनिक उपकरण प्रयोग गरी गहुँ भित्र्याइरहेको पाइन्छ। किसान एकअर्कासँग पालोपैचो तथा पर्म गर्दै गहुँ काट्ने थ्रेसर लगाएर भित्र्याउने गरिरहेका छन्। गहुँ भित्र्याउने चटारोका कारण नयाँ साल आएको महसुससमेत नभएको धनगढीकै अर्का किसान बखतबहादुर चौधरीको भनाइ छ।

‘नयाँ साल त आयो तर के गर्ने आफ्नो खेतमा गहुँ, मसुरो पाकेर झर्ने अवस्थामा पुगेको छ, पाकेको बाली भित्र्याउन पाइदिएको भए ढुक्क भइन्थ्यो’, उनले भने, ‘घर खर्च चलाउने आर्थिक उपार्जनको बाटो र वर्षभरिलाई खान पुग्ने अन्न यही खेतीपाती नै हो।’

प्रकाशित: २ वैशाख २०८० १७:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 2 =