गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

हिमाल प्रेस १ वैशाख २०८० १४:५१
18
SHARES
गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

पोखरा- गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान भएको छ। गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन्।

गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम सो अधिवेशन प्रदेशसभा भवन नदीपुरमा २०८० साल वैशाख ९ गते शनिबार अपराह्न ३ बजेका लागि आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १ वैशाख २०८० १४:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + fifteen =