काठमाडौँ- लुम्बिनी विकास बैंकले ललितपुरको गोदावरीमा नयाँ एटीएम सञ्चालनमा ल्याएको छ। सोमबार एका कार्यक्रम गरी गोदावरी नगरपालिका- ५ लेलेमा नयाँ एटीएमको उद्घाटन गरिएको हो।
एटीएमको उद्घाटन कार्यक्रममा बैंकका मुख्य प्रबन्धक दिपक खनाल, गोदावरी- ५का अध्यक्ष मिलन सिलवाललगायतको उपस्थिति थियो। बैंकले हाल ८९ शाखा, २० एटीएम र १ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ।
प्रकाशित: २७ चैत २०७९ १७:०२
प्रतिक्रिया