वरिष्ठ उपाध्यक्षमा उमेशलाल समूहको उम्मेदवारी घोषणा

हिमाल प्रेस २० चैत २०७९ २०:४४
4
SHARES
वरिष्ठ उपाध्यक्षमा उमेशलाल समूहको उम्मेदवारी घोषणा

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ समूहले उम्मेदवारी घोषणा गरेको छ। श्रेष्ठले ७ वटै प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्षलाई मञ्चमा राखेर उम्मेदवारी घोषणा गरेका हुन्। सोमबार कार्यक्रम आयोजना गर्दै ७ वटै प्रदेश अध्यक्षको समर्थनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी श्रेष्ठले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

उनको समूहबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ रहेका छन्। यसअघि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेर अघि बढेका दिनेश श्रेष्ठले अहिलेको अवस्थामा व्यवसायीका समस्या सरकारसँग जोडदार रूपमा राखेर समस्या समाधान गर्न उमेशलाल श्रेष्ठको नेतृत्व आवश्यक रहेकाले आफू सोही समुहबाट जिल्ला नगर उपाध्यक्षमा मा उम्मेदवारी घोषणा गरेको बताए।

त्यस्तै वस्तुगत उपाध्यक्षमा हेमराज ढकालले उम्मेदवारी दिएका छन्। एसोसिएट्स उपाध्यक्षमा भरत आचार्यले पनि सोही समूहबाटै उम्मेदवारी दिएका छन्। सो समूहबाट वस्तुगततर्फ उपाध्यक्ष र १४ सदस्यसहित प्यानलले नै उम्मेदवारी घोषणा गरेको छ।

कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, मधेश प्रदेशका निवर्तमान अध्यक्ष गणेश लाठ, बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठ, गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचन, कर्णाली प्रदेशका अध्यक्ष पदमबहादूर शाहीको उपस्थिति थियो।

कार्यक्रममा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठले उद्योगी व्यवसायीको पीडा बोकेर समस्या समाधान गर्ने समूहको रूपमा आफुहरू अघि बढेको बताए। ‘देश आक्रान्त र अस्थिर छ भने आर्थिक रूपमा खस्किएको छ,’ उनले भने, ‘यस्तो अवस्थामा निजीक्षेत्रको क्याप्टेनसीप लिन वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर अघि बढेको छु।’

विगतमा आफूले गरेको काम नै आफ्नो योग्यता रहेको दाबी उनले गरे। ‘म निडर भएर व्यवसायिका आवाज बोल्छु,’ उनले भने, ‘पक्कै पनि मलाई विजयी गराउनुहुने छ भन्ने आशा र विश्वास छ।’

प्रकाशित: २० चैत २०७९ २०:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + five =