अन्जन वरिष्ठ उपाध्यक्ष बनेपछि उमेशलालले के भने?

हिमाल प्रेस ३० चैत २०७९ १९:२८
4
SHARES
अन्जन वरिष्ठ उपाध्यक्ष बनेपछि उमेशलालले के भने?

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ चयन भएपछि उनका प्रतिस्पर्धी उमेशलाल श्रेष्ठले निर्वाचन स्वच्छ बनाउन अन्जनलाई दाेस्राे चरणमा समर्थन गरेको प्रतिक्रिया दिएका छन्।

पहिलो चरणको चुनावमा रामचन्द्र संघइलाई पछि पार्दै दोस्रो चरणमा पुगेका अन्जन र उमेशलालको सहमतिमा अन्जन वरिष्ठ उपाध्यक्ष बनेका हुन्। उनलाई वरिष्ठ उपाध्यक्षमा दोस्रो चरणमा उमेशलालले समर्थन गरेका थिए।

त्यसपछि उमेशलालले निर्वाचनलाई थप फोहोर नबनाउन अन्जनलाई समर्थन गरेको बताएका हुन्। ‘महासंघको चुनावलाई थप फोहोर नबनाउन दोस्रो चरणको निर्वाचनमा नजाने निर्णयमा पुगेको हुँ,’ उनले भने।

दोस्रो चरणको निर्वाचनमा आफू र अन्जन दुवैले ४/५ करोड रुपैयाँ खर्च गर्न सक्ने अवस्था भए पनि चुनावलाई फोहोरी नबनाउन आफूले अन्जनलाई समर्थन गरेको उनको भनाइ थियो।

महासंघको निर्वाचन पद्धती खराब भएको उनले बताए। महासंघको चुनाव सही ट्र्याकमा ल्याउन महासंघको विधान नै पुनःलेखन गर्नुपर्ने माग उनले गरे। महासंघको नयाँ नेतृत्वले वैशाख २ गतेबाट महासंघलाई सबैको महासंघ बनाउन उनले सुझाव दिए।

सहमतिमा वरिष्ठ उपाध्यक्ष बने अन्जन श्रेष्ठ

प्रकाशित: ३० चैत २०७९ १९:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + fourteen =