मिटरब्याजीको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र पक्राउ

हिमाल प्रेस २० चैत २०७९ १३:४३
24
SHARES
मिटरब्याजीको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र पक्राउ

काठमाडौँ- मिटरब्याजीको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्य पक्राउ परेका छन्। सप्तरी प्रहरीका अनुसार कल्यानपुरबाट विश्वासघात तथा ठगी मुद्दामा अनुसन्धानको दायरामा रहेका सुरेन्द्र शर्मा (मधेशी)पक्राउ परेका हुन्।

‘यो कल्यानपुरको घटना हो। अपराधिक विश्वासघात तथा ठगी मुद्दामा अनुसन्धान भइरहेको थियो। अहिले पक्राउ परेका छन्’ सप्तरी प्रहरीका डीएसपी नरेशकुमार सिंहले हिमालप्रेसलाई जानकारी दिए।

मिटरब्याजपीडितहरूले ११ दिन पैद हिँडेर काठमाडौँ आएर सरकारसँग न्याय मागेका थिए। सरकारले न्याय दिने आश्वासन दिएको दुई दिनपछि नै मिटरब्याज लगाउने एक जना पक्राउ परेका हुन्।

शनिबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा मिटरब्याज पीडितहरूले ५ बुँदे सहमति गरेका थिए। न्यायमाग्दै मिटरब्याजपीडितहरूको अर्को समूह भने विभिन्न जिल्लाबाट काठमाडौँ आउने तयारीमा छन्।

प्रकाशित: २० चैत २०७९ १३:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =