कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै, बारा-२ बारे छलफल हुने

हिमाल प्रेस १९ चैत २०७९ ७:२५
6
SHARES
कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै, बारा-२ बारे छलफल हुने नेपाली का‌ग्रेस केन्द्रीय पदाधिकारी बैठक। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज (आइतबार) बस्दैछ।  बैठक केन्द्रीय कार्यालय सानेपामा बिहान १० बजे बस्नेछ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन आग्रह गरिएको छ। बैठकमा सरकारमा भएको सहभागिता र उपनिर्वाचनका विषयमा छलफल हुने कांग्रेसले जनाएको छ। सरकारमा सहभागिताको विषयमा कांग्रेसभित्र आन्तरिक विवाद देखिएको छ।

यस्तै बैठकमा बारा-२ मा कांग्रेसबाट पनि उम्मेदवारी दिने वा सत्ता गठबन्धन दल जसपाका उम्मेदवार उपेन्द्र यादवलाई सहयोग गर्ने भन्ने पनि छलफल हुनेछ। कांग्रेसले तनहुँ-१ मा गोविन्द भट्टराई र चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

प्रकाशित: १९ चैत २०७९ ७:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − thirteen =