कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

हिमाल प्रेस १८ चैत २०७९ ९:३७
6
SHARES
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेपाली का‌ग्रेस केन्द्रीय पदाधिकारी बैठक। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। कांग्रेसले आइतबार बिहान १० बजेका लागि बैठक बोलाएको हो।

बैठक केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन आग्रह गरिएको छ। सरकारमा सहभागिताको विषयमा आन्तरिक विवाद देखिएपछि पार्टीले कार्यसम्पादन समितिको बैठक बोलाइको हो।

आन्तरिक भागबन्डामा असन्तुष्टि जनाउँदै पार्टीको शेखर कोइराला समूह सरकारमा सहभागी भएको छैन। बैठकमा पार्टीले पाएको थप चार मन्त्रालयमा को कसलाई पठाउने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ।

प्रकाशित: १८ चैत २०७९ ९:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =