मिटरब्याजपीडितलाई प्रधानमन्त्रीले बालुवाटार बोलाए

हिमाल प्रेस १८ चैत २०७९ ८:०५
2
SHARE
मिटरब्याजपीडितलाई प्रधानमन्त्रीले बालुवाटार बोलाए फाइल तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनरत मिटरब्याजपीडितलाई भेट्नका लागि बोलाएका छन्।

उनले अहिले बिहान मिटर ब्याजपीडितसँग बालुवाटारमा भेट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

मिटरब्याजले उठिबास लगाएपछि न्याय माग्दै पीडितहरू महोत्तरीको बर्दिबासबाट १२ दिन हिँडेरै काठमाडौँ आएर आन्दोलन गरिरहेका छन्।

सरकारले मिटरब्याजका नाममा तराई/मधेशका जिल्लामा व्यापक रूपमा भइरहेको ठगी नियन्त्रण गर्न मुलुकी अपराधसंहिता कानुन संशोधन गर्ने निर्णय गरिसकेको छ।

पीडितलाई न्याय दिलाउन विद्यमान कानुन संशोधन गर्न, मिटरब्याज विरुद्धको कारबाही तथा गुनासो व्यवस्थापनका लागि हरेक जिल्लामा छुट्टै शक्तिशाली समिति बनाउन दुवै पक्ष सहमत भए पनि वार्ता टुंगिएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − nine =