वैदेशिक रोजगारीमा रहेका नेपालीलाई मताधिकार नदिएको भन्दै सरकारको नाममा कारण देखाऊ आदेश

हिमाल प्रेस २९ चैत २०७९ १८:१९ | Wednesday, April 12, 2023
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई मताधिकार नदिएको भन्दै सरकारको नाममा कारण देखाऊ आदेश

काठमाडौँ- विदेशमा रहेका नेपालीहरुलाई मताधिकारको व्यवस्था नगरेको बारे सर्वोच्च अदालतले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ। विदेशमा रहेका नेपालीको मताधिकार सुरक्षित गर भन्ने सर्वोच्चकै परमादेश कार्यान्वयन नगरेको भन्दै न्यायाधीश कुमार चुडालको इजलासले कारण देखाउ आदेश जारी गरेको हो।

विदेशमा रहेका नेपालीको मताधिकार सुरक्षित नगरिएको भन्दै नागरिक अभियान्ता नन्दराज उपाध्यायले मंगलबार अदालतको अवहेलनाको रिट दायर गरेका थिए। उक्त रिट आज बुधबारको पेसीमा चढेको थियो। उपाध्यायले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई विपक्षी बनाएर रिट दायर गरेका थिए।

सर्वोच्च अदालतले यसअघि विदेशमा रहेका नेपालीहरुलाई मताधिकारको व्यवस्था गर्न कानुन निर्माण गरी व्यवस्था गर्नु भन्ने परमादेश दिएको थियो। तर यो कार्यान्वयन भएको छैन।

न्यायाधीश चुडालको इजलासले के कति कारणले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था नगरिएको हो, सो को कारण लिखितरुपमा पेश गर्न पनि सरकारको नाममा कारण देखाउ आदेश जारी भएको हो।

प्रकाशित: २९ चैत २०७९ १८:१९ | Wednesday, April 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast