सुदूरपश्‍चिममा पहिलो पालिका अस्पतालको उद्घाटन

हिमाल प्रेस १५ वैशाख २०८० १८:०७ | Friday, April 28, 2023
सुदूरपश्‍चिममा पहिलो पालिका अस्पतालको उद्घाटन

धनगढी– सुदुरपश्चिम प्रदेशको कैलालीको बर्दगोरिया गाउँपालिकामा निर्माण गरिएको १५ शय्या अस्पतालको शुक्रबार उद्घाटन गरिएको छ। ०७८ असार २० मा लुम्बिनी/थोदुङ/शिव खिम्ती जेभीसँग १३ करोड ८३ लाखमा ठेक्का सम्झौता भएको सो अस्पताल शुक्रबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले उद्घाटन गरेका हुन्।

सम्झौताअनुसार ठेकेदार कम्पनीले आगामी असार २० गते हस्तान्तरण गर्नुपर्ने थियो। तोकिएभन्दा ४ महिनाअघि नै सबै काम सम्पन्न गरी हस्तान्तरण गरेको थियो।

केपी ओली नेतृत्वको तत्कालीन सरकारले १७ मंसिरमा देशैभर अस्पताल शिलान्यास गरिएपछि सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका ५२ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण प्रक्रिया अगाडि बढाइएको थियो।

८८ स्थानीय तह रहेको सुदूरपश्चिममा ५२ स्थानीय तह आधारभूत अस्पताल निर्माणका लागि छनोट भएका थिए। उक्त बर्दगोरीया गाउपालिकाले सबैभन्दा पहिले निर्माण सम्पन्न गरी शुक्रबार (आज) अस्पताल भवन उद्घाटन गरेको छ।

यो पनि:

सुदूरपश्चिम : कतै सम्झौताअघि नै भवन तयार, कतै जग्गामा खिचातानी

प्रकाशित: १५ वैशाख २०८० १८:०७ | Friday, April 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast