डीआईजीद्वय उमेशराज जोशी र किरण राणाको सरुवा

हिमाल प्रेस १७ चैत २०७९ १६:३१
684
SHARES
डीआईजीद्वय उमेशराज जोशी र किरण राणाको सरुवा

काठमाडौँ- नेपाल प्रहरीका दुई डीआईजीको सरुवा भएको छ। अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान निर्देशनालयमा कार्यरत डीआईजी उमेश राज जोशी र साइबल ब्युरोमा दरबन्दी भई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत किरण राणाको सरुवा भएको हो।

जोशीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा र राणालाई बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ। मधेश प्रदेश प्रहरी प्रमुखमा कसलाई पठाउने भन्ने निर्णय अझै भएको छैन।

कोशी प्रदेश प्रहरी प्रमुख र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी भने एसएसपीहरूलाई निमित्तको रुपमा दिइएको छ। एसएसपी राजेशनाथ बास्तोला कोशी प्रदेश प्रहरी कार्यालयमा छन् भने बोहोरा सुदूरपश्चिम प्रहरी कार्यालयमा छन्।

एसएसपी बास्तोला र बोहोराको सरुवा

प्रकाशित: १७ चैत २०७९ १६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =