एसएसपी बास्तोला र बोहोराको सरुवा

काठमाडौँ- नेपाल प्रहरीका दुई एसएसपीको सरुवा भएको छ। नेपाल प्रहरीका प्रवक्ता एवम् (डीआईजी) पोषराज पोखरेलका अनुसार एसएसपीद्वय राजेशनाथ बास्तोला र भरत बोहोराको सरुवा भएको हो। प्रहरी प्रधान कार्यालयका अनुसार कोशी प्रदेश प्रहरीको तालिम केन्द्रमा रहेका बास्तोला कोशी प्रदेश प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयमा रहेका बोहोरालाई सुदूरपश्चिम प्रदेश प्रहरीको कार्यालयमा निमित्त प्रमुखको रुपमा खटाइएको हो।