बारा २ बाट उपनिर्वाचन रास्वपाबाट उम्मेदवार बन्ने रमेश खरेलको घोषणा

हिमाल प्रेस १७ चैत २०७९ १०:४०
16
SHARES
बारा २ बाट उपनिर्वाचन रास्वपाबाट उम्मेदवार बन्ने रमेश खरेलको घोषणा

काठमाडौँ- पूर्वडीआईजीपी रमेश खरेल वैशाख १० मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा २ को उपनिर्वाचनमा उम्मेदवार बन्ने भएका छन्। खरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत बारा २ मा रास्वपाबाट निर्वाचन लड्ने घोषणा गरेका हुन्।

‘नयाँ सिराबाट नेपाल आमालाई सेवा गर्ने उद्देश्यले बारा-२ बाट रास्वपामा आबद्ध भई आगामी वैशाख १० गते हुने निर्वाचनमा सहभागी हुने निर्णय गरेको छु,’ खरेलले भनेका छन्, ‘डा. प्रणय राणाको अथक प्रयासलाई स्वागत र सम्मान गर्दै यहाँहरू सबैको सहयोगको अपेक्षा गर्दछु।’

खरेलले राष्ट्र सेवामा इमान्दारी र निष्ठाका साथ अगाडि बढ्ने प्रतिबद्धता समेत जाहेर गरेका छन्। यसअघि खरेल मंसिरमा भएको निर्वाचनमा नेपाल सुशासन पार्टीबाट काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका थिए।

प्रकाशित: १७ चैत २०७९ १०:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 16 =