उपनिर्वाचन

रास्वपाबाट चितवनमा लामिछाने, तनहुँमा वाग्ले र बारामा खरेल उम्मेदवार बन्ने पक्का

हिमाल प्रेस १७ चैत २०७९ १८:०७
40
SHARES
रास्वपाबाट चितवनमा लामिछाने, तनहुँमा वाग्ले र बारामा खरेल उम्मेदवार बन्ने पक्का

काठमाडौँ– वैशाख १० मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले तीनै क्षेत्रका उम्मेदवार तय गरेको छ। शुक्रबार बसेको रास्वपाको बैठकले चितवन-२ मा पार्टी सभापति रवि लामिछाने, तनहुँ- १ मा अर्थशास्त्री स्वर्णिम वाग्ले र बारा-२ मा पूर्वडीआईजी रमेश खरेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

रास्वपाका प्रवक्ता डा.मुकुल ढकालका अनुसार उम्मेदवारका अन्य आकांक्षीहरूले तनहुँमा वाग्ले र बारामा खरेललाई छनोट गरेपछि उनीहरू उम्मेदवार बन्ने पक्का भएको हो।

सभापति लामिछाने उम्मेदवार बन्नेबारे भने रास्वपाले यसअघि नै निर्णय गरिसकेको थियो।

खरेल यसअघि मंसिर ४ को निर्वाचनमा काठमाडौँ-१ बाट चुनाव लडेर पराजित उम्मेदवार हुन्। वाग्ले पहिलोपटक चुनावी मैदानमा छन्। वाग्ले र खरेल बिहीबार रास्वपा प्रवेश गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =