बारा-२ मा रास्वपाका रमेश खरेलको उम्मेदवारी दर्ता

हिमाल प्रेस २० चैत २०७९ १६:१९
10
SHARES
बारा-२ मा रास्वपाका रमेश खरेलको उम्मेदवारी दर्ता

काठमाडौँ- बारा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट रमेश खरेलले उम्मेदवारी दर्ता गरेका छन्। वैशाख १० मा उपनिर्वाचन हुँदैछ। त्यसका लागि आवज बिहान १० बजेदेखि साँझ ५ बजेसम्मलाई मनोनयनको समय तोकिएको थियो।

उम्मेदवारी दिएपछि खरेलले कुशासनलाई हटाएर सुशासनलाई स्थापित गर्न नै आफू चुनावी मैदानमा आएको बताए।

‘मधेशका नागरिकले राम्ररी शिक्षा पाएका छैनन्, म आफैँ सुरक्षा क्षेत्रमै अहोरात्र खटेर सम्पूर्ण योग्यता लिएको हिसाबले बारा-२ मा सुशासन, शिक्षा र सुरक्षाका लागि अहोरात्र खट्नेछु’, खरेलले भने।

यहाँ एमालेका पुरुषोत्तम पौडेल, जसपाका उपेन्द्र यादव र नागरिक उन्मुक्तिका डा. कमरुल्लाह अन्सारीपछि खरेलले उम्मेदवारी दर्ता गराएका हुन्।

प्रकाशित: २० चैत २०७९ १६:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =