दर्ता नभएको औषधालयमा अवैध औषधि पाइएपछि सञ्चालक पक्राउ

हिमाल प्रेस १७ चैत २०७९ १०:१६
6
SHARES
दर्ता नभएको औषधालयमा अवैध औषधि पाइएपछि सञ्चालक पक्राउ फाइल तस्बिर।

काठमाडौँ- औषधि पसल दर्ता नगरी औषधिको कारोबारमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रौतहट देवाहिबोनाही नगरपालिका १ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका ५ निकोशेरास्थित औषधि पसल सञ्चालन गरी बस्ने २७ वर्षीय अरूणकुमार शाह रहेका छन्।

लागूऔषध प्रयोगकर्ताले विकल्पको रूपमा प्रयोग गर्ने गरेको विभिन्न औषधिहरू अवैधरूपमा बिक्री भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनको पसलमा छापा मारेको थियो। उनको पसलमा अवैध औषधि पाइएपछि प्रहरीले पक्राउ गरेको हो।

उनलाई आवश्यक कारवाहीका लागि औषधि विभाग काठमाडौँ ल्याइएको हो।

 

प्रकाशित: १७ चैत २०७९ १०:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 12 =