जैविक फोहोर व्यवस्थापन गर्न कौसी खेती

हिमाल प्रेस १३ चैत २०७९ १०:१३
4
SHARES
जैविक फोहोर व्यवस्थापन गर्न कौसी खेती

काभ्रेपलाञ्चोक- बनेपा नगरपालिकाले कौसी खेती प्रवर्द्धन कार्यक्रम सञ्चालनमा ल्याएको छ। नगरले कौसी खेतीका कारण जैविक फोहोर व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालमा ल्याइएको हो।

कार्यक्रमअन्तर्गत नगरले आवश्यकताअनुसार कौसी खेती तालिम सञ्चालन गर्ने जनाएको छ। नगरको कृषि र फोहर व्यवस्थापन योजनाबाट हाल पाँचवटा वडाका स्थानीयलाई तालिम दिँदै अनुदानमा कम्पोष्ट मल बनाउने बिनसमेत वितरण गरेको छ। नगरले ५, ७, ८ ९, १० नं वडामा ५० प्रतिशत अनुदानमा कम्पोस्ट बिन वितरण गरेको हो।

नगर प्रमुख शान्तिरत्न शाक्यले बनेपा नगरको सहरी क्षेत्रमा फोहर व्यवस्थापनको चुनौती रहेको र त्यसको समाधानका लागि फोहर वर्गीकरण गरेर कुहिने फोहरलाई मल बनाएर आफ्नै घरमा कौसीखेती गर्न यो कार्यक्रम सञ्चालन गरेको बताए। ‘यो कार्यक्रमले जैविक फोहर व्यवस्थापनमा सहयोग पुर्‍याउनुको साथै नगरको सौन्दर्यीकरणमा मद्दत पुग्ने अपेक्षा गरेका छौँ,’ उनले भने। उनका अनुसार यस कार्यक्रमलाई थप गर्दै थप ‘एक घर एक कम्पोष्ट बिन’ वितरण गर्दै जाने लक्ष्य राखिएको छ।

नगर उपप्रमुख विमला सापकोटाले यस कार्यक्रमले फोहर व्यवस्थापन र कृषिलाई समेटेको बताइन्। नगरले कौसी खेती प्रवर्द्धनका लागि वडा नं ७ मा १५०, ८ मा १७५, ९ मा ७५, १० मा २५ १३ मा २५ र वडा नं ५ मा ५० वटा कम्पोष्ट बिन वितरण गरेको छ।

प्रकाशित: १३ चैत २०७९ १०:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + four =