रोकिएका क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन अखिलको माग

हिमाल प्रेस १३ चैत २०७९ १०:०१
4
SHARES
रोकिएका क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन अखिलको माग

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि)समक्ष स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन बाँकी रहेका क्याम्पसको तत्कालन निर्वाचन गर्न अनेरास्ववियुले माग गरेको छ।

त्रिविका स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका संयोजक एवम् शिक्षाध्यक्ष प्राडा शिवलाल भुसाललाई अनेरास्ववियुका अध्यक्ष समिक बडालको नेतृत्वको टोलीले ज्ञापन पत्र बुझाउँदै रोकिएको क्याम्पसको स्ववियु निर्वाचनको प्रक्रिया अगाडि बढाउन माग गरेको हो।

अध्यक्ष बडालले रोकिएका क्याम्पसको निर्वाचनको मिति घोषणा नगरे आन्दोलनका कार्यक्रम गर्ने बताए। ‘लामो समयपछि भएको स्ववियु निर्वाचनले विद्यार्थी आन्दोलनलाई थप आकर्षण गराएको छ,’ उनले भने,‘स्ववियु निर्वाचन रोकिएका क्याम्पसको पनि चाँडै नै मिति घोषणा गरेर चुनाव गरियोस्।’
आंगिकतर्फ उपत्यकामा सात र उपत्यका बाहिर १० वटा क्याम्पसमा निर्वाचन हुन सकेको छैन।

प्रकाशित: १३ चैत २०७९ १०:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =