रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

हिमाल प्रेस १० चैत २०७९ ८:२७
16
SHARES
रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

काठमाडौँ- रेडियोकर्मी कृष्णा ताम्राकारको निधन भएको छ। ८६ वर्षको उमेरमा बिहीबार राति न्युरो अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।

उनले लामो समय रेडियो नेपालमा समाचार वाचकको रूपमा काम गरेकी थिइन्। उनको आज अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले बताएको छ।
२०१८ जेठमा नेपाल एयरलाइन्स (तत्कालीन आरएनएसी)को जागिर छाडेर उनले रेडियो यात्रा थालनी गरेकी थिइन्।

रुचिको क्षेत्र भएका कारण मासिक १७५ रुपैयाँबाट १२५ रुपैयाँ तलबमा घटेर गएकी उनलाई रेडियोले नै लोकप्रियता दिएको थियो।

रेडियो पुस्तामा पंक्षी संरक्षण तथा आँखा दान अभियान समेत चलाएकी उनका थुप्रै प्रशंसक बनेका थिए।

बनेपामा जन्मिएकी उनी पछिल्लो समय विश्रममा थिइन्।

प्रकाशित: १० चैत २०७९ ८:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 8 =