एमाले-राप्रपालाई पनि विश्वासको मत दिन प्रधानमन्त्रीको आग्रह

हिमाल प्रेस ६ चैत २०७९ १४:००
2
SHARE
एमाले-राप्रपालाई पनि विश्वासको मत दिन प्रधानमन्त्रीको आग्रह फाइल तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले र राप्रपासँग पनि विश्वासको मत मागेका छन्।

आज प्रतिनिधिसभा बैठकमा विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्ने क्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले एमाले र राप्रपासँग पनि विश्वासको मत मागेका हुन्।

नेकपा एमाले र राप्रपाले प्रतिपक्षमा बस्ने बताइरहेका छन्। उनले अहिले समयमा राष्ट्रिय सहमतिको सरकार बन्नु उचित रहेको बताए।

उनले आफ्नो निर्णय बदलेर विश्वासको मत दिन एमाले र राप्रपालाई अनुरोध गरेका हुन्।
प्रतिनिधि सभामा एमालेका ७९ र राप्रपाका १४ सांसद छन्।

प्रकाशित: ६ चैत २०७९ १४:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − one =