दराजले सुरु गर्‍यो सामसङको डेलिभरी

हिमाल प्रेस ५ चैत २०७९ १२:५९
8
SHARES
दराजले सुरु गर्‍यो सामसङको डेलिभरी

काठमाडौँ- मार्च १३ देखि १७ सम्मको अर्डरपछि दराज नेपालले सामसङ ग्यालेक्सी एम-०४ को डेलिभरी सुरु गरेको छ। अर्डरको अवधि सकिए पनि ग्राहकले ग्यालेक्सी एम-०४ दराजबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

ग्यालेक्सी एम-०४ सामसङको पछिल्लो स्मार्टफोन हो। जसमा १ टीबीसम्मको बढाउन मिल्ने स्टोरेज रहेको छ। यो स्मार्टफोनमा मिडिया टेक हेली पी-३५ प्रोसेसर छ। साथै यसमा ५००० एमएएचको ब्याट्री र १६.५५ सेन्टिमिटर एचडी प्लसको डिस्प्ले रहेको छ।

यसको र्‍याम विस्तार गर्न पनि सकिन्छ। यसमा भएको ४ जीबी र्‍यामलाई भर्चुअल र्‍याम प्लसमार्फत ८ जीबीसम्म बढाउन सकिन्छ।

सामसङ ग्यालेक्सी एम-०४ दुई भेरियन्ट ४/६४ जीबी र ४/१२८ जीबीमा उपलब्ध छ। जसको मूल्य १५ हजार ४९९ र १७ हजार ४९९ निर्धारणा गरिएको छ।

प्रकाशित: ५ चैत २०७९ १२:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =