
काठमाडौँ- भीडभाड, भागदौड अनि व्यस्त जिन्दगी। यो काठमाडौंको दिनचर्याको छोटो परिभाषा हो। आरामका लागि फुर्सद निकाल्ने कुरा राजधानीवासीका लागि दुर्लभ छ।
जहिल्यै र जताततै कामै कामको चाप। त्यसैले होला एक सहरीयाले अर्कोलाई चिन्दैन र वास्ता गर्दैन। तर यही व्यस्त सहरमा समय निकाल्ने हो भने मस्त हुन सकिन्छ। साँझपख कौसीमा टहलिने मात्र हो भने पनि गोधुली साँझको भरपुर मज्जा टाढा गइरहनु पर्दैन।
यो बेला केही समय निकालेर टहलिने हो भने छुट्टै आनन्द हुन्छ । जब दिन ढल्दै जान्छ, राजधानीको आकाश पनि रंगीन बन्छन्। नीलो आकाशमा रातो अनि पहेँलो रङ भरिन्छ।
चराचुरुंगीका मधुर आवाज पनि कहीँकतै सुन्न सकिन्छ, सडक छेउका बस्तीबाहेक । हिजोआज सूर्यास्तसँगै राजधानीका गोधुली साँझ रंगीन देखिन्छन्।
दिउँसोको उज्यालो त सबैले हेर्छन् तर साँझको गोधुली उज्यालोमा पनि काठमाडौं उपत्यका त्यत्तिकै सुन्दर र रोचक छ। आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले खिचेका यी तस्बिरहरू।