यस्तो छ ‘ज्याकी : आई एम २१’को गीत ‘कथा’

हिमाल प्रेस ३ चैत २०७९ १८:१६
यस्तो छ ‘ज्याकी : आई एम २१’को गीत ‘कथा’

काठमाडौँ- फिल्म ‘ज्याकी : आई एम २१’को गीत ‘कथा’ सार्वजनिक भएको छ। गीतमा फिल्ममा मुख्य भूमिकामा रहेका अभिनेता धीरज मगर र अभिनेत्री जसिता गुरुङलाई देख्न सकिन्छ।

रेनशा राईको पटकथा र निर्देशन रहेको यो डान्स ड्रामा फिल्म फिल्म हो। संवादसहितको गीतमा धीरज र जसिता नृत्य गरिरहेका छन्। त्रिशला गुरुङ र रोहित शाक्यको स्वर रहेको गीतमा शब्द किरण थापाको रहेको छ। रोहित र किरणको संगीत संयोजन रहेको छ।

आगामी वैशाख २१ मा प्रदर्शनमा आउने फिल्ममा धीरज र जसिताबाहेक अरुण क्षेत्री, प्रेम सुब्बा, लोनिभा तुलाधर, सुजता राई, सूर्यमान लिम्बूलगायत कलाकारको अभिनय छ।

प्रकाशित: ३ चैत २०७९ १८:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =