उपराष्ट्रपति निर्वाचन : ११ बजेसम्म खस्यो २२० मत

हिमाल प्रेस ३ चैत २०७९ ११:३०
10
SHARES
उपराष्ट्रपति निर्वाचन : ११ बजेसम्म खस्यो २२० मत

काठमाडौँ- संघीय संसद् नयाँ बानेश्वरमा सुरु भएको उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत बिहान ११ बजेसम्मको मतदानमा २२० मत खसेको छ। सो समयसम्म संघतर्फ ८७ र प्रदेशतर्फ १३३ मत खसेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्।

उपराष्ट्रपतिको निर्वाचनका लागि आज (शुक्रबार) बिहान १० बजेदेखि संघीय संसद् भवन नयाँ बानेश्वरमा मतदान भइरहेको छ। निर्वाचनमा नेकपा (एमाले) बाट नेतृ अष्टलक्ष्मी शाक्य, जसपाका नेता रामसहायप्रसाद यादव, प्रमिला कुमारी र जनमत पार्टीकी नेतृ ममता झा उम्मेदवार छन्। प्रमिला कुमारीले भने उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन्।

दिउँसो ३ बजेसम्मका लागि मतदानको समय तोकिएको छ। संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र तय गरिएको छ।

निर्वाचनमा संघीय संसद्का ३३२ र प्रदेशसभाका ५५० सांसद मतदाता छन्। मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने र आजै साँझ ६ बजेसम्म मतपरिणाम सार्वजनिक गरिने बताइएको छ।

प्रकाशित: ३ चैत २०७९ ११:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 3 =