नक्कली लाइसेन्स बनाउने पक्राउ

हिमाल प्रेस १ चैत २०७९ २१:४१
6
SHARES
नक्कली लाइसेन्स बनाउने पक्राउ

काठमाडौँ- सवारीसाधनको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नक्कली बनाएर प्रयोग गर्ने र बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज घर भई काठमाडौँ बस्दै आएका २४ वर्षीय पारस शाहलाई पक्राउ गरेको हो।

केही व्यक्तिले लिखत कीर्ते गरी विभिन्न वर्गका नक्कली अनुमतिपत्र बनाई प्रयोग गरिरहेको सूचनाका आधारमा अनुसन्धान तथा खोजतलास गर्दा शाह पक्राउ परेका प्रहरीले जानकारी दिएको छ।

शंका लागेर उनको शरीर खानतलासी गर्दा ‘इ’ वर्गको लाइसेन्सलाई ए, बी र इ वर्गको नक्कली बनाई प्रयोग गरेको फेला परेको प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए। उनका अनुसार शाहलाई लिखत कसुरमा अनुसन्धान तथा थप कारबाहीका लागि बुधबार प्रहरी वृत्त गौशालामा बुझाइएछ।

त्यस्तै प्रहरीले बुधबार नै बैंकिङ कसुर मुद्दामा फरार रहेका धादिङको गंगा जमुना गाउँपालिका घर भई बूढानीलकण्ठ बस्दै आएका ५० वर्षीय पुरनबहादुर घलेलाई पनि पक्राउ गरेको छ।

उनी बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरको २०७९ पुस २४ गतेको फैसलाबाट ३६ लाख ८८ हजार रुपेयाँ पीडितलाई बिगो भराई ३६ लाख ८८ हजार रुपैयाँ जरिवाना, एक लाख ४७ हजार रुपैयाँ क्षतिपूर्ति भराउनुका साथै आठ दिन कैद सजाय ठहर भई फरार रहेका थिए।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरी फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा बुझाएको प्रहरी उपरीक्षक राठौरले बताए। रासस

प्रकाशित: १ चैत २०७९ २१:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + sixteen =