प्रतिबन्धित भारतीय रकमसहित अमेरिकी नागरिक पक्राउ

हिमाल प्रेस १ चैत २०७९ ८:४९
4
SHARES
प्रतिबन्धित भारतीय रकमसहित अमेरिकी नागरिक पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ- प्रतिबन्धित भारतीय रुपैयाँसहित प्रहरीले दुई जना अमेरिकी नागरिकलाई पक्राउ गरेको छ। सोमबार दिउँसो ३ लाख ३५ हजार भारतीय रूपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ।

प्रहरी प्रधान कार्यालय काठमाडौँकाअनुसार पक्राउ पर्नेमा ६९ वर्षीय थुप्तेन गेलेक हसवा र ५९ वर्षीय कालस्याङ चडोन रहेका छन्। उनीहरू भिस्तारा एयरको उडानमार्फत काठमाडौँबाट दिल्ली प्रस्थान गर्न लागेका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्स-रे मेसिनमा जाँच गर्ने क्रममा उनीहरूको झोलाभित्र भारतीय ५ सय दरको ६७० थान भारतीय रूपैयाँ फेला परेको थियो।

 

प्रकाशित: १ चैत २०७९ ८:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 12 =