उपराष्ट्रपतिमा मत दिने विषयमा निर्णय गर्दै कांग्रेस

हिमाल प्रेस १ चैत २०७९ ७:२०
2
SHARE
उपराष्ट्रपतिमा मत दिने विषयमा निर्णय गर्दै कांग्रेस फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।

बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा उपराष्ट्रपति निर्वाचन, सरकारमा सहभागिता लगायत विषयमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

आजको बैठकबाट उपराष्ट्रपतिमा कसलाई मत हाल्ने भन्ने विषयमा निर्णय हुनेछ। कांग्रेसले उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवलाई मत दिने बचन दिइसकेको छ। तर निर्णय हुन बाँकी छ।

यादव केही दिनअघि नै का‌ग्रेस नेताहरूलाई भेट्न पुगेका थिए। सोही बेला पार्टी सभापति शेरबहादुर देउवालगायतका नेताले मत दिने बताएका थिए। यद्यपि, सत्ता गठबन्धनबाटै जसपाका यादवसहित  ममता झा पनि उम्मेदवार छन्। जसपाबाटै प्रमिला झाले पनि मनोनयन दर्ता गराएको भए पनि उनले रामसहायप्रसादलाई नै समर्थन गर्ने बताएकी छन्।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थिति हुन भनिएको छ।

प्रकाशित: १ चैत २०७९ ७:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + nine =