‘निफ’मा ‘आमा नायिका : जिम्मेवार र करीयर’बारे छलफल हुने

हिमाल प्रेस २८ फागुन २०७९ १६:३४
20
SHARES
‘निफ’मा ‘आमा नायिका : जिम्मेवार र करीयर’बारे छलफल हुने

काठमाडौँ– आगामी चैत २ गतेदेखि ६ सम्म हुने ‘नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) २०२३’ मा आमा नायिकाहरूको अनुभवबारे पनि सेसन हुने भएको छ।

काठमाडौँमा हुने निफको छैटौँ संस्करणको अन्तिम दिन‘आमा नायिका : जिम्मेवार र करीयर’ विषयमा छलफल हुने आयोजकले जनाएको छ।

उक्त सेसनको प्यानालिष्टहरूमा नायिका प्रियंका कार्की, फिल्म निर्देशक रेनशा राई र सामाजिक कार्यकर्तासमेत रहेकी नायिका माल्भिका सुब्बा छन्। सेसनको मध्यस्थता पत्रकार सन्ध्या थापाले गर्नेछिन्।

यो सेसन चैत ६ (२० मार्च) गते दिउँसो साढे १ बजेदेखि ३ बजेसम्म भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा हुनेछ। महोत्सवमा ३५ देशका ९६ प्रतियोगी फिल्म प्रदर्शन हुनेछन्।

जसमा नेपालसहित बंगलादेश, इरान, चीन, भारत, जापान, ब्राजिल, अमेरिका, साउथ कोरिया, जर्मनी, क्यानडा, अस्ट्रेलिया, इजिप्ट, थाइल्यान्ड, रुस, फ्रान्सलगायतका देशका लामा र छोटा फिल्म, डकुमेन्ट्री तथा एनिमेटेड फिल्म छनोट भएका छन्।

उक्त फिल्म क्यूएफएक्स सिनेमाजअन्तर्गत उपत्यकाको सुन्धारास्थित सिभिल मल, ठमेलमा रहेको छाया सेन्टर, पु्ल्चोकको लबिम मल र भक्तपुरस्थित राधेराधे भाटभटेनीको हलमा प्रदर्शन गरिनेछ।

फिल्म हेर्नको लागि ‘खल्ती एप’ बाट अनलाईन टिकट बुकिङ गर्न सकिनेछ। छनोट भएका फिचर, छोटा, लामा, डकुमेन्ट्री तथा एनिमेटेड फिल्ममध्येबाट उत्कृष्ट ७ विधामा १४ वटा फिल्मलाई पुरस्कृत पनि हुनेछन्।

कार्यक्रमको उद्घाटन समारोह चैत २ गते सुन्धारास्थित सिभिल मलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट हुने जनाइएको छ। ओपनिङ फिल्मका रूपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’(अप्रतियोगी) प्रदर्शन हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + eleven =