‘ऐना झ्यालको पुतली’ सर्वोत्कृष्ट फिल्म, प्रदीप खड्का सर्वोत्कृष्ट नायक

हिमाल प्रेस ७ चैत २०७९ १२:०४
4
SHARES
‘ऐना झ्यालको पुतली’ सर्वोत्कृष्ट फिल्म, प्रदीप खड्का सर्वोत्कृष्ट नायक

काठमाडौँ- नेपाल अन्तर्राष्ट्रिय सिनेमा महोत्सव (निफ)सम्पन्न भएको छ। चैत २ गतेदेखि सुरु भएको निफ सोमबार विभिन्न अवार्ड समारोहसहित सम्पन्न भएको छ। महोत्सवमा ‘ऐना झ्यालको पुतली’ सर्वोत्कृष्ट फिचर फिल्म घोषणा भएको छ।

साथै यो फिल्मले सर्वोत्कृष्ट निर्देशक, पटकथा र विशेष पुरस्कर (पुरुष मुख्य कलाकार) पनि जित्न सफल भएको छ। त्यस्तै विभिन्न प्रतिस्पर्धीलाई उछिन्दै नेपाली फिल्म ‘प्रकाश’ का मुख्य कलाकार प्रदीप खड्का सर्वोत्कृष्ट अभिनेता र दीया मास्के सर्वोत्कृष्ट अभिनेत्री घोषणा भएका छन्।

निफमा ३५ देशका ९६ फिल्मले प्रतिस्पर्धा गरेका थिए। जसमध्ये सर्वोत्कृष्ट अवार्ड पाउने विजेताको सूची :
निफ विजेताको सूची
सर्वश्रेष्ठ नेपाली फिचर फिल्म : ऐना झ्यालको पुतली
सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म  : मेमोरिज अफ ग्लुमी मनसुन्स (बंगलादेश)
(अन्तर्राष्ट्रिय महासंघ फिल्म सोसाइटीको सिफारिसमा) सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म : अ हाउस विथ नो नेमः पातालघर (बंगलादेश)

सर्वोत्कृष्ट राष्ट्रिय डकुमेन्ट्री फिल्म : बाघको बङ्गारा
सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री फिल्म : सोल्स अफ द फरेस्ट (इन्डोनेसिया)
अन्तर्राष्ट्रिय छोटो फिल्म : द बुक (इरान)
राष्ट्रिय छोटो फिल्म : जुन्को (मिन्सो लिम्बु)
छोटो एनिमेटेड फिल्म : द लिजेण्ड अफ गोल्डहन (स्लोभेनिया)
राष्ट्रिय वृत्तचित्र फिल्म : द टाइगर्स ज (निर्देशकः कमल कुमार)
पटकथा : सुजित बिडारी (ऐना झ्यालको पुतली)
निर्देशक : सुजित बिडारी (ऐना झ्यालको पुतली)
अभिनेता : प्रदीप खड्का (प्रकाश)
अभिनेत्री : दीया मास्के (प्रकाश)
विशेष पुरस्कर(पुरुष मुख्य कलाकार) : दिनेश खत्री
छोटो फिल्म निर्देशक : प्रद्यूम्न मिश्र (दुविधा)
छायांकन : राजेश श्रेष्ठ (प्रकाश)

प्रकाशित: ७ चैत २०७९ १२:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =