‘निफ’मा सिस्नुपानी नेपालको सेसन हुने

हिमाल प्रेस २८ फागुन २०७९ १२:३६
8
SHARES
‘निफ’मा सिस्नुपानी नेपालको सेसन हुने

काठमाडौँ- आगामी चैत २ गतेदेखि ६ सम्म हुने ‘नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) २०२३’ मा हास्यव्यङ्ग्य समूह सिस्नुपानी नेपालको पनि सेसन हुने भएको छ।

काठमाडौँमा हुने निफको छैटौँ संस्करणको अन्तिम दिन सिस्नुपानी नेपालले ‘हास्यव्यंग्यले हौसिएको नेपाली सिनेमा’ विषयमा छलफल गर्ने आयोजकले जनाएको छ।

आयोजकका अनुसार उक्त सेसनको प्यानालिष्टहरूमा कलाकार मनोज गजुरेल, निर्देशक प्रदीप भट्टराई, समीक्षक विन्दु शर्मा र सिस्नुपानी नेपालका स्तम्भकार लक्ष्मण गाम्नागे रहनेछन्। सेसनको मध्यस्थता पत्रकार धीरेन्द्र प्रेमर्षिले गर्ने जनाइएको छ। यो सेसन भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा हुनेछ।

कार्यक्रमको उद्घाटन सुन्धारास्थित सिभिल मलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट हुने जनाइएको छ। ओपनिङ फिल्मका रूपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ (अप्रतियोगी) प्रदर्शन हुनेछ।

आयोजकका अनुसार महोत्सवमा ३५ देशका ९६ प्रतियोगी फिल्म प्रदर्शन हुनेछन्। छनोट भएका फिचर, छोटा, लामा डकुमेन्ट्री तथा एनिमेटेड फिल्ममध्येबाट उत्कृष्ट सात विधामा १४ वटा फिल्मलाई पुरस्कृत गरिनेछ।

उक्त फिल्म क्यूएफएक्स सिनेमाज्अन्तर्गत उपत्यकाको सुन्धारास्थित सिभिल मल, ठमेलमा रहेको छायाँ सेन्टर, पुल्चोकको लबिम मल र भक्तपुरस्थित राधेराधे भाटभटेनीको हलमा प्रदर्शन गरिनेछ।

निफमा नेपालसहित बंगलादेश, इरान, चीन, भारत, जापान, ब्राजिल, अमेरिका, साउथ कोरिया, जर्मनी, क्यानडा, अस्ट्रेलिया, इजिप्ट, थाइल्यान्ड, रुस, फ्रान्सलगायत देशका लामा र छोटा फिल्म, डकुमेन्ट्री तथा एनिमेटेड फिल्म छनोट भएका छन्।

प्रकाशित: २८ फागुन २०७९ १२:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 11 =