स्ववियु निर्वाचनका लागि राराब जनकपुरधाममा ६ जनाले दिए उम्मेदवारी

हिमाल प्रेस २७ फागुन २०७९ १८:०३
54
SHARES
स्ववियु निर्वाचनका लागि राराब जनकपुरधाममा ६ जनाले दिए उम्मेदवारी

जनकपुरधाम– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि जनकपुरधामस्थित रामस्वरूप रामसागर बहुमुखी (राराब) क्याम्पसमा सभापति पदका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

लोकतान्त्रिक समाजवादी निकट लोकतान्त्रिक विद्याथी संघको तर्फबाट प्रशान्त झा, नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको तर्फबबाट मनिषकुमार यादव, पाँच दलीय गठबन्धनको तर्फबाट संयुक्त विद्यार्थी गठबन्धनको तर्फबाट गौतम यादवले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।

गठबन्धनमा जनता समाजवादी पार्टी, नेपाल (जसपा), नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी र राप्रपा निकटका विद्यार्थी संगठनहरू रहेका छन्।

यस्तै जनमत पार्टी निकट विद्यार्थी जनमत संघको तर्फबाट इजाज मोमिन, स्वतन्त्र विद्यार्थी समुहबाट कन्हैयाकुमार पासवान र राष्ट्रिय विद्यार्थी परिषदबाट अभिषेक साहले सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

२१ सदस्यीय स्ववियु कार्यसमितिका लागि कुल ८८ जना उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन्। राराबको स्ववियु कार्यसमितिमा ११ जना प्रत्यक्षबाट र १० जना समानुपातिकबाट निर्वाचित भएर चुनिने छन्। स्ववियु निर्वाचन चैत ५ गते हुँदैछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 12 =