पशुपति फोहर राखेर देश सफा बन्छ? : मन्त्री किराती

हिमाल प्रेस २७ फागुन २०७९ ११:२६
4
SHARES
पशुपति फोहर राखेर देश सफा बन्छ? : मन्त्री किराती फाइल तस्बिर

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले ठूलो मान्छेले काम गर्नै हुँदैन भन्ने मानसिकतालाई भत्काउन जरुरी रहेको बताएका छन्।

शनिबारबाट सुरु भएको पशुपति सरसफाइ अभियानको उद्घाटन गर्दै मन्त्री किराँतीले नेपालमा ठूलो मानिसले सानो काम गर्नै हुँदैन भन्ने संस्कृतिको विकास भइरहेको भन्दै यसलाई भत्काएर अघि बढ्नुपर्ने बताए। उनले पशुपति क्षेत्र सफाइका लागि पशुपति क्षेत्र विकास कोषले योजना बनाएर बुझाउन निर्देशन दिए।

सफा रहनु सभ्यता प्रदर्शन गर्नु भएको उल्लेख गर्दै उनले आस्थाको केन्द्र पशुपतिनाथलाई सबै मिलेर सफा राख्नुपर्ने बताए। मन्त्री किराँतीले पशुपतिनाथ नै फोहोर राख्ने ठाउँ हो भन्दै प्रश्न गरेका थिए। ‘पशुपति नै फोहर भएपछि देश कसरी सफा बन्छ?’ उनले भने,‘हामी पशुपति सफा राख्न जुट्नुपर्छ।’

उनले सांस्कृतिक मूल्य र मान्यता हराउँदै गएको भन्दै समाजसँग जोडिएको विकृतिलाई सफा बनाउनुपर्ने बताए। उनले आफू मन्त्री रहेको मन्त्रालय अन्तर्गतका सबै निकायहरूलाई सबै क्षेत्रमा सफा राख्न निर्देशिका बनाएर पठाएकाले सो अनुसारको काम नभए कारबाही गर्ने चेतावनी दिए।

प्रकाशित: २७ फागुन २०७९ ११:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =