एमाले र कांग्रेस एक ठाउँमा हुन सक्छौँ : ओली

हिमाल प्रेस २५ फागुन २०७९ १३:३२
6
SHARES
एमाले र कांग्रेस एक ठाउँमा हुन सक्छौँ : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनपछि नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बन्न सक्ने बताएका छन्। बिहीबार राष्ट्रपतिको निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राजनीतिमा जे पनि सम्भव रहेको बताए।

उनले आगामी राष्ट्रपतिबाट देशको हितको रक्षा, सार्वभौम सत्ताको रक्षा, भौगोलिक अखण्डताको रक्षा, राष्ट्रिय हित र स्वाभिमानको रक्षा, लोकतन्त्रको रक्षाका लागि एमाले-कांग्रेस एक ठाउँमा आउनु पर्ने बताए।
उनले यसअघिका राष्ट्रपतिको आलोचना गर्नेहरू संकीर्ण स्वार्थ बोकेका भन्दै आलोचना गरे।

प्रकाशित: २५ फागुन २०७९ १३:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 2 =