अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस

‘मेरो हरेक कदममा प्रश्न गर्ने को हो तिमी?’ [फोटो फिचर]

दिपेश श्रेष्ठ २४ फागुन २०७९ १५:००
16
SHARES
‘मेरो हरेक कदममा प्रश्न गर्ने को हो तिमी?’ [फोटो फिचर]

काठमाडौँ- अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। यसपटकको ११३ औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस डिजिटअल : आविष्कार र प्रविधिमा लैंगिक समानता नाराका साथ मनाइएको हो।

महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा हरेक वर्ष मार्च ८ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ। नेपालले विज्ञान र प्रविधिको क्षेत्रमा महिलाको पहुँच स्थापित गर्ने उद्देश्यले यस वर्ष ‘लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नारा तय गरेको छ। दिवसका अवसरमा ललितपुर महानगरपालिकाले साइकल, व्हीलचेयर र्‍याली तथा पदयात्रा कार्यक्रमको आयोजना गरेको थियो। र्‍यालीमा सहभागीहरूले विभिन्न सन्देशहरू लेखिएको प्लेकार्ड पनि बोकेका थिए।

ललितपुरको जावलाखेलबाट सुरु भएको पदयात्रा तथा र्‍याली मंगलबजार पुगेर समापन भएको थियो। त्यस्तै महानगरले महिला उद्यमीहरूद्वारा उत्पादित बस्तुको प्रदर्शनी गरेको थियो।

 

प्रकाशित: २४ फागुन २०७९ १५:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =