मौलिक विशेषतायुक्त संस्कृतिको प्रतिक नै होली : बागमती प्रदेश प्रमुख

हिमाल प्रेस २२ फागुन २०७९ ८:३८
4
SHARES
मौलिक विशेषतायुक्त संस्कृतिको प्रतिक नै होली : बागमती प्रदेश प्रमुख

मकवानपुर- बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले हाम्रो मौलिक विशेषतायुक्त संस्कृति भएको बताएका छन्।

होलीका अवसरमा सोमबार एक शुुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले मौलिक विशेषतायुक्त होलि पर्वको संरक्षण तथा संवर्द्धन गर्नसके राष्ट्रिय गौरवको धरोहर जर्गेना हुन सक्ने विश्वास व्यक्त गरे।

रंगहरूको पर्व फागु (होली) यो वर्ष आज पहाडी तथा हिमाली एवं भोलि भित्री मधेश र तराईका जिल्लाहरुमा मनाइँदैछ। प्रदेश प्रमुख शर्माले होली पर्वले राष्ट्रिय एकता कायम राख्न भूमिका निर्वाह गर्ने बताए।

बहुजातीय, बहुभाषिक,बहुसांस्कृतिक, बहुधार्मिक तथा विविधतायुक्त हाम्रो देशमा मनाइँने यस्ता पर्वले नेपालीहरुबीच सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न भूमिका निर्वाह गर्दछ,’ उनले शुभकामना सन्देशमा उल्लेख छ, ‘यसलाई खुशी र सद्भावको पर्वका रुपमा मनाउँनुपर्नेमा प्रमुख शर्माको जोड छ,‘फागुलाई आपसी खुशी र सद्भावको पर्वका रूपमा ग्रहण गर्दै अनुशासित ढंगबाट हामीले मनाउनु पर्दछ।’

प्रकाशित: २२ फागुन २०७९ ८:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + two =