भैरहवामा छैनन् अन्तर्राष्ट्रिय उडानका अत्यावश्यक कार्यालय

विनोद परियार १८ फागुन २०७९ १६:३६
14
SHARES
भैरहवामा छैनन् अन्तर्राष्ट्रिय उडानका अत्यावश्यक कार्यालय फाइल तस्बिर।

लुम्बिनी- अन्तर्राष्ट्रिय उडान सुरु भएको एक वर्ष पुग्नै लाग्दा पनि गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यावश्यक कार्यालय खोलिएको छैन। जेठ २ गतेदेखि उडान सुरु गरेको जजिरा एयरलाइन्सले पुस ६ गतेदेखि मौसमको कारण देखाउँदै उडान स्थगित गरेको थियो। तर जजिराले उडान रोक्नुमा त्यही एउटा कारण मात्रै थिएन।

गौतम बुद्ध विमानस्थल सुनसान हुनुमा यस्ता छन् कारण

मुख्य कुरा भैरहवाबाट उडान गर्ने एयरलाइन्सले यात्रु नपाउनु नै हो। उडान भए पनि यहाँ यात्रुुले ससाना समस्या झेल्नुपर्छ।

जजिराले यही फागुन २५ गतेबाट कुबेतमा पुनः नियमित उडान गर्ने तालिका सार्वजनिक गरेको छ। भैरहवा–कुवेतको २८ हजार ८३६ रुपैयाँ एकतर्फी भाडा कायम गरिएको छ। विमान कम्पनीले पुनः उडान सुरु गर्ने तयारी गरिसके पनि नेपाल नागरिक उड्डयन प्राधिकरण, भैरहवा विमानस्थल कार्यालयलगायतले गर्नैपर्ने काम भने गरेका छैनन्। भैरहवा–कुबेत गन्तव्यमा उड्ने अधिकांश यात्रु वैदेशिक रोजगारीका हुन्।

तर यहाँ उनीहरूका लागि आवश्यक श्रम स्वीकृतिलगायतका कुनै काम हुँदैनन्। स्वास्थ्य, पशु तथा प्लान्ट क्वारेन्टाइन, हुलाक, पारवहन तथा गोदाम व्यवस्थापन गर्ने निकाय, बैंकलगायतको व्यवस्था छैन। अरु त अरु अन्तर्राष्ट्रिय आगमन कक्षमा चमेना गृहसमेत छैन।

भैरहवामा श्रम तथा रोजगार कार्यालयले व्यक्तिगत श्रम स्वीकृति नदिनु, अभिमुखीकरण तालिम प्रदायक संस्थाको छनोट, बिमाको व्यवस्था नहुँदा यात्रुको संख्या कम भएको विमानस्थलले पहिचान गरेको थियो। तर अझै यी कार्यालयका स्थापनाको सुरसार छैन।

विमानस्थलका निर्देशक सुुवास झाले उडान नियमित बनाउन अत्यावश्क सबै कार्यालयहरुलाई पत्राचार गरिएको जानकारी दिए। उनले भने, ‘हामीले सबै कार्यालयलाई पत्राचार गरेका छौँ, उडान सुरु भएसँगै खुल्नेमा आशावादी छौँ।’

प्रकाशित: १८ फागुन २०७९ १६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =