लुम्बिनी- फ्लाई दुबईले पनि आजदेखि गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट उडान सुरु गरेको छ।
१५९ जना यात्रु लिएर आएकोमा १० जना भैरहवा ओर्लेका छन्। बाँकी १४९ यात्रु लिएर फ्लाई दुबई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ गएको गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए।
आज बिहान जजीरा एयरलाइन्सले पुनः उडान गरेको छ। फ्लाई दुबईले दैनिक उडान गर्ने जनाइएको छ। जजीराले कुवेतबाट १७१ यात्रु लिएर आएको थियो। भैरहवाबाट १६७ जना यात्रु लिएर फर्केको थियो।
राति नेपाल एयरलाइन्सले पनि उडान भर्ने कार्यसूची छ।
प्रकाशित: २४ कार्तिक २०८१ १६:३५
प्रतिक्रिया