काठमाडौँ- झापाको कनकाई नगरपालिका–३ मा कारले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु भएको छ।
कारको ठक्करबाट स्थानीय ३६ वर्षीया सावित्रादेवी भण्डारीको मृत्यु भएको हो।
बुधबार राति बा १८ च २२४७ नम्बरको कारले बाटो काट्ने क्रममा ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्कर दिने कार र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।
प्रकाशित: १८ फागुन २०७९ ६:५९
प्रतिक्रिया