पर्यटन क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छ : मन्त्री किराती

हिमाल प्रेस १७ फागुन २०७९ २०:३२
8
SHARES
पर्यटन क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छ : मन्त्री किराती फाइल तस्बिर।

नेपालगञ्ज– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।

प्रेस सेन्टर नेपाल बाँकेले बुधबार नेपालगञ्ज विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री किरातीले यस्तो बतएका हुन्।

देशको समृद्धि र आर्थिक विकासका लागि पर्यटन क्षेत्रको विकास अपरिहार्य भएकाले सरकार योजनाबद्ध तवरले अगाडि बढेको उनको भनाइ छ।

‘हवाई सुरक्षाका लागि प्राविधिक जाँच र फेरबदलसम्मका विषयमा कडाइ गर्न सम्बन्धित सबैलाई निर्देशन जारी गरिसकिएको छ,’ उनले भने, ‘हवाई यातायातको विस्तारका लागि सरकारले देशका सबै विमानस्थलको विकास र स्तरोन्नतिलाई प्राथमिकतामा राखेको छ।’

मन्त्री किरातीले वायु सेवा निगम, नागरिक उड्डयन प्राधिकरण र पर्यटन विकासको क्षेत्रमा सुधार गर्न सम्बन्धित विभाग प्रमुखलाई सय दिनको समय दिइएको बताउँदै नेपाल वायुसेवा निगमलाई सक्षम र सबल बनाएर देशका विभिन्न विमानस्थलमा उडान विस्तार गर्ने दाबी गरे।

मन्त्री किरातीले नेपालगञ्ज विमानस्थलमा ३ अर्ब बढीको लगानीमा अत्याधुनिक टर्मिनल भवन निर्माण सुरु गरेको बताए।

प्रकाशित: १७ फागुन २०७९ २०:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =