भक्तपुर नगरपालिकाद्वारा बजार अनुगमन, अधिकांश व्यवसाय दर्ता नगरीकनै सञ्चालन

हिमाल प्रेस १६ फागुन २०७९ २०:२९
2
SHARE
भक्तपुर नगरपालिकाद्वारा बजार अनुगमन, अधिकांश व्यवसाय दर्ता नगरीकनै सञ्चालन

काठमाडौँ- भक्तपुर नगरपालिकाको सल्लघारीदेखि सूर्यविनायक घलाँतेसम्मका अधिकांश व्यवसाय दर्ता नगरीकनै सञ्चालनमा रहेको पाइएको छ। भक्तपुर नगरपालिका अनुगमन समितिले मंगलबार गरेको अनुगमनका क्रममा यहाँ वर्षौंदेखि दर्ता बिना नै व्यवसाय तथा पसल सञ्चालनमा रहेको पाइएको हो।

अनुगमन समितिले सल्लाघारी, चुनदेवी र घलाँतेसम्मका ३५ वटा पसलमा गरेको अनुगमनमा अधिकांश पसल दर्ता विना नै सञ्चालन गरेको पाइएको समितिका संंयोजक राजकृष्ण गोराले जानकारी दिए।

अनुगमनमा मोतिलाल दुगडको दुगड वर्ड्स एण्ड सन्स् प्रालि, ब्रदर्श रिकन्डिसन (ब्रो इन्टर प्राइजेज), सोलु खाजा घर, सूर्य गणेश इन्टरप्राइजेज, धमाका सेल, भक्तपुर ग्लास हाउस, एबिआर हार्डवेयर, शंकर इञ्जिनियरिङ आइरन वर्कशप, मारुती नन्दन सप्लायर्स र विविध सप्लायर्स दर्ता नै नगरी सञ्चालनमा रहेका थिए।

त्यस्तै राम भोले ड्राईभिङ स्कूल प्रालि, न्यू सागर मोटर साइकल वर्कसप, स्पेशल चिया खाजा पसल, वीए निर्माण सामग्री सप्लायर्स, नारायणी भोजनालय, हिडेन बाइक केयर सेन्टर मोटरसाइकल वर्कसप, फ्रेण्ड्स रिकण्डिसन हब, मुक्तिनाथ कार हाउस प्रालि, द व्हील्स प्रालि, एसडिआर टेक्नो एण्ड ट्रेड प्रालि पनि दर्ता नगरी नै सञ्चालनमा रहेका पाइएको हो।

अनुगमनमा दोलखा भीमसेन सुनचाँदी पसल, फ्रेण्ड्स बाइकर्स, दास अटो लिंक, प्रखर इन्टरप्राइजेज, स्टाण्डर खाजा घर, जैसवाल बाथ एण्ड सेनेटरी वयर पनि दर्ता नभई सञ्चालनमा रहेको पाइएको संयोजक गोराले बताए।

विगत १० वर्षदेखि दर्ता नगरी अवैधरूपमा सञ्चालन भएका पसल एवं व्यवसाय र सात वर्षदेखि नवीकरण नगरेका व्यवसायलाई तीन दिनभित्र नगरपालिकामा आएर दर्ता गर्न निर्देशन दिइएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले बताए। रासस

प्रकाशित: १६ फागुन २०७९ २०:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =