सेनाको भूमिका, कर्तव्य तथा जिम्मेवारी संविधानबाटै निर्देशित छ : प्रधानसेनापति

हिमाल प्रेस १२ फागुन २०७९ २०:४६
सेनाको भूमिका, कर्तव्य तथा जिम्मेवारी संविधानबाटै निर्देशित छ : प्रधानसेनापति

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्माले मुलुकको सिमानाभित्र नेपाली सेनाले गर्दै आएको भूमिका अपरिवर्तनीय रहने बताएका छन्। सैनिक कमान्ड तथा स्टाफ कलेजमा २९ औँ समूहको कमान्ड तथा स्टाफ तालिम दीक्षान्त समारोहमा उनले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय घटनाक्रमले मुलुकको परिस्थिति प्रभावित हुन सक्ने भए पनि सेनाको भूमिका, कर्तव्य तथा जिम्मेवारी संविधानबाटै निर्देशित हुने बताएका हुन्।

सेनाका तीन महिलासहित ८० अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका एक–एकजना सहभागी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ। उक्त समूहमा श्रीलंका, केन्या, नाइजेरिया, पाकिस्तान, बंगलादेश, बेलायत, भारत, माल्दिभ्स र संयुक्त राज्य अमेरिकाका एक-एकजना सैनिक अधिकृतको सहभागिता थियो।

विसं २०४९ मा स्थापना भएको कलेजबाट हालसम्म सेनाका एक हजार एक सय २०, प्रहरीका १४, सशस्त्र प्रहरीका २६, राष्ट्रिय अनुसन्धानका १७, रक्षा मन्त्रालयका एक र विभिन्न राष्ट्रका एक सय आठ गरी जम्मा एक हजार दुई सय ८६ जना शिक्षार्थी अधिकृतहरू प्रशिक्षित भइसकेका छन्।

उक्त तालिम शोधपत्रतर्फ सेनानी विक्रम खड्का, मास प्रोग्रामतर्फ सेनानी रबिन गुरुङ तथा समग्रमा सेनानी उज्ज्वल गोतामे सर्वोत्कृष्ट शिक्षार्थी घोषित भए। सो अवसरमा प्रधानसेनापति शर्माले सर्वोत्कृष्ट शिक्षार्थी पुरस्कार प्रदान गर्नुका साथै कलेजको वार्षिक प्रकाशन ‘द शिवपुरी जर्नल’को २४औँ संस्करण विमोचन पनि गरे।

प्रकाशित: १२ फागुन २०७९ २०:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fifteen =