‘कांग्रेसलाई राष्ट्रपति र नेकपा एसलाई उपराष्ट्रपति दिएर राष्ट्रिय सहमति गरौँ’

हिमाल प्रेस ११ फागुन २०७९ १७:०८
116
SHARES
‘कांग्रेसलाई राष्ट्रपति र नेकपा एसलाई उपराष्ट्रपति दिएर राष्ट्रिय सहमति गरौँ’ फाइल तस्बिर

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रपति नेपाली कांग्रेस र उपराष्ट्रपति नेकपा एकीकृत समाजवादीलाई दिएर राष्ट्रिय सहमति गर्नुपर्ने बताएका छन्। बिहीबार भोजपुरमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री किराँतीले राष्ट्रिय सहमति नै आजको आवश्यकता भएको बताएका हुन्।

‘अहिलेको आवश्यकता नै राष्ट्रिय सहमति हो। राष्ट्रिय सहमतिलाई राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबाटै अघि बढाऔं,’ गृहजिल्ला पुगेका उनले भने, ‘राष्ट्रपति कांग्रेसलाई र उपराष्ट्रपति नेकपा एकीकृत समाजवादीलाई दिएर राष्ट्रिय सहमति कायम गर्नुपर्छ।’

माओवादीले प्रधानमन्त्री, एमालेले सभामुख, राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख लिइसकेकाले अब कांग्रेसलाई राष्ट्रपति र एकीकृत समाजवादीले उपराष्ट्रपति दिँदा राष्ट्रिय सहमति हुने उनको भनाइ छ।

नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने औपचारिक निर्णय नै गरेको छ। माओवादी, कांग्रेससहितका दलहरू निर्वाचनको बेलाको गठबन्धन ब्युँताउनुपर्ने कसरतमा छन्। त्यसो त कांग्रेसले राष्ट्रपतिमा आफ्नो उम्मेदवारलाई सहयोग गर्न माओवादी, नेकपा एस, जसपासहितका दललाई आग्रह पनि गरिरहेको छ।

प्रकाशित: ११ फागुन २०७९ १७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − one =